Kathmandu Press

जिल्ला अध्यक्ष कुटिएपछि राजविराजमा जसपा कार्यकर्ताको प्रदर्शन

छलफलका लागि प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन्।
जिल्ला अध्यक्ष कुटिएपछि राजविराजमा जसपा कार्यकर्ताको प्रदर्शन

सप्तारी, चैत २१ : सप्तरीको राजविराजमा जनता सामाजवादी पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई  जिल्ला प्रहरी कार्यालय सप्तरीका एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात गरेको भन्दै जसपा नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्।

प्रदर्शनका कारण राजविराज तनाबग्रस्त बनेको छ ।  जसपाका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्।

छलफलका लागि प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए ।

यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने थापाले बताए।

प्रकाशित मिति: १५:५७ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्