Kathmandu Press

रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

लामिछानेको मुद्दा न्ययायाधिश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो। उनले यो मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरेका छन् ।
रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं, चैत २१ : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ।

लामिछानेको मुद्दा न्ययायाधिश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो। उनले यो मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरेका छन् ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गर्दै युवराज सफलले सोमबार रिट दायर गरेका थिए ।

 

प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्