मधेस सरकारबाट बाहिरियो एमाले
एमालेबाट सरकारमा सहभागी भएका ५ जना मन्त्रीहरुले सोमबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन्।
धनुषा, चैत २१ : नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ।
एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्। एमालेबाट सरकारमा सहभागी भएका ५ जना मन्त्रीहरुले सोमबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन्।
बैशाख १०मा हुने उपनिर्वाचनमा बारा २मा जनता सामाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन नगरी एमालले छुट्टै उम्मेदवार खडा गरेपछि मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुसँग सोमबार बेलुका राजीनामा मागेका थिए।
मधेश सरकारमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री छन्।
संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो।
अब नेपाली कांग्रेस, नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी मुख्यमन्त्री यादवको छ।











