Kathmandu Press

साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै

‘बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युतगृह र सेती–इंगल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ।
साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै

बझाङ, चैत २१ : साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा २१६ मेगावाटको जलविद्युत् परियोजना निर्माण हुने भएको छ। सो क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले २१६ मेगावाटको जलविद्युत् परियोजना निर्माण गर्ने तयारी गरेको हो।

 ‘बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युतगृह र सेती–इंगल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ।

आयोजना संयोजक विश्वनाथ कँडेलकाअनुसार अहिले सुरूवाती काम भइरहेको छ। ‘आयोजना अन्तर्गत वातावरण प्रभाव मूल्यांकनको मस्यौदामाथि सार्वजनिक सुनुवाइ, पानीको सुरूङमार्गका लागि माटो, ढुंगा परीक्षणका साथै अन्य प्रारम्भिक काम भइरहेको छ’, उनले भने।

प्रारम्भिक अध्ययनका लागि आयोजनास्थल र साइपाल गाउँपालिका सडक सञ्जालमा नजोडिएको हुँदा परीक्षण गर्ने सामग्री तथा उपकरण पनि हेलिकप्टरमार्फत् ढुवानी गरेर काम गरिरहेको छ।

जलविद्युत् आयोजना साइपाल–४ धुलीको सेती नदी र इंगल्दार खोलाको संगमबाट करिब १५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३.४ मिटर उचाइको बाँध बनाइ सुरूङमार्फत् विद्युत् गृहमा पानी पठाउने र विद्युत् निकाल्ने कम्पनीका इञ्जिनियर सुधीर देवकोटाले बताए।

उनकाअनुसार धुलीमा ईआइएबारे सार्वजनिक सुनुवाइ गरेपछि कम्पनीले हाल बाँधस्थल र विद्युतगृहस्थलमा नियमित अध्ययन गरिरहेको छ।

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्