कालीको ठुम्का सार्वजनिक
काठमाडौं, माघ ८ : गायक अजित घिमिरेले नयाँ गीत ‘कालीको ठुम्का’ बजारमा ल्याएका छन् । ‘कालीको ठुम्का’को भिडियो द कार्टुज क्रुजमार....

काठमाडौं, माघ ८ : गायक अजित घिमिरेले नयाँ गीत ‘कालीको ठुम्का’ बजारमा ल्याएका छन् । ‘कालीको ठुम्का’को भिडियो द कार्टुज क्रुजमार्फत सर्वाजनिक भएको हो।
गायक घिमिरेकै शब्द, संगीत रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । निर्मल लामाले निर्देशन रहेको भिडियोमा छायाँकन तथा सम्पादन पवन सुशलिङको रहेको छ।
भिडियोमा आशमा विश्वकर्मा, सरोज अधिकारी, निर्मल लामालगायतको अभियन रहेको छ । उनीहरुलाई कार्टून क्रुज तथा भीमफेदी गाइज्का कलाकारले नृत्यमा साथ दिएका छन्।
गायक अजित घिमिरेले यस अघि साङ्गीतिक एल्बम ‘प्रस्तुति’ सार्वजनिक गरिसकेका छन् । सङ्गीतका साधक घिमिरे हाल अमेरिकाको उच्च शिक्षा क्षेत्रमा कार्यरत छन् । उनले लुजियाना स्टेट युनिभरसिटीबाट वातावरण विज्ञानमा पी.एच.डी. गरेका छन्।












