Kathmandu Press

स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोनाकाे लक्षण देखिने बित्तिकै आइसोलेसनमा बस्नुस्

रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन मन्त्रालय आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोनाकाे लक्षण देखिने बित्तिकै आइसोलेसनमा बस्नुस्

काठमाडौं, चैत २१ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको लक्षण देखिनासाथ आइसोलेसनमा बस्न आग्रह गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो।

‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौं,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ का लक्षण देखिने बित्तिकै परीक्षण गराऔं र आइसोलेसनमा बसौं।’

रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन मन्त्रालय आग्रह गरेको छ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ। अहिले मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमण बढिरहेको छ।

संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

कोभिड–१९ महामारी अझ पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ।  

कोरोक्रम संक्रमण बढिरहेकाले मन्त्रालयले नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन र भौतिक दूरी दुई मिटर राख्न पनि अनुरोध गरेको छ।

प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्