Kathmandu Press

एमालेले मधेस प्रदेश सरकार छाड्ने

मधेश प्रदेश सरकारमा एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले छन्। उनीहरुले आजै दिउँसो राजीनामा दिने बताइएको छ।
एमालेले मधेस प्रदेश सरकार छाड्ने

धनुषा, चैत २१ : नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ।

प्रधानमन्त्री चयनमा बनेको केन्द्रको गठबन्धन भत्किएपछि एमालेले प्रदेश सरकारबाट बाहिरिन लागेको हो।

मधेश प्रदेश सरकारमा एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले छन्। उनीहरुले आजै दिउँसो राजीनामा दिने बताइएको छ।

मधेश सरकारमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले फोन गरेर राजीनामा गर्न भनेका एमालेकात्र मन्त्रीहरुले राजीनामा दिन लागेका हुन्।मुख्यमन्त्रीको निर्देशनपछि एमालेको संसदीय दलको बैठक जनकपुरमा बसिरहेको छ।

मुख्यमन्त्री यादवनिकट स्रोतका अनुसार एमालेका मन्त्रीहरू मंगलबार अबेरसम्म राजीनामा नगरे पदमुक्त गरिदिने तयारी पनि छ।

बाराको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन बारामा बढी समय दिइरहेका मुख्यमन्त्री यादव मंगलबार बिहान जनकपुर आइपुगेका छन् ।

 

 

 

 

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्