Kathmandu Press

माइतीघरमा लघुवित्त पीडितको अनसन

उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सारेका छन्।
माइतीघरमा लघुवित्त पीडितको अनसन

काठमाडौं, चैत २१ : लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरुले काठमाडौंमा अनसन सुरु गरेका छन्।

लघुवित्त वित्तीय संस्थाहरूले गरिब जनताहरूलाई पिडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट काठमाडौंको माइतिघरमा रिले अनसन सुरु गरेका हुन्।

उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सारेका छन्।

संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले आफ्ना माग पुरा नभएसम्म अनिश्चितकालीन अनसन सुरु गरिएको र विभिन्न जिल्लास्थित प्रशासन कार्यालयहरूमा पनि धर्ना कार्यक्रम राखिएको जानकारी दिए।

उनले लघुवित्त संस्थाहरूले मुनाफा केन्द्रीत लगानी गरेर जनतालाई मार पारेको गुनासो गरे।

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्