Kathmandu Press

विमानस्थलमा ट्याक्सी चालकको आन्दोलन

विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैयाँ तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गर्दै केहीबेर सेवा बन्द गरेका हुन्।
विमानस्थलमा ट्याक्सी चालकको आन्दोलन

काठमाडौं, चैत २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकहरु आन्दोलनमा उत्रिउका छन्।

विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैयाँ तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गर्दै केहीबेर सेवा बन्द गरेका हुन्।

पार्किङ भाडा बढाएका कारण आफुहरु मारमा परेको उनीहरुले गुनासो गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सि इकाइ समितिका अध्यक्ष दिलबहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको र आफुहरुमाथि ज्यादती गरेको भन्दै सेवा बन्द गर्नुपरेको बताए।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ। यसअघि २० रुपैयाँ लिने गरेकोमा अहिले ८० रुपैया लिएको र यसबाट सर्वसाधारणसँगै महँगो भाडा लिनुपरेको मजदुरहरुले जनाएका छन्।

यस बिषयमा धेरै पटक पत्रचार गर्दा पनि सम्बन्धी निकायले कुनै सुनुवाई नगरेकाले बाध्य भएर आन्दोलन गनुपरेको उनीहरुले जनाएका छन्।

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्