Kathmandu Press

चितवनमा बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो।
चितवनमा बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

चितवन, चैत २१ : चितवनमा बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन्।

पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो।

Hardik ivf

ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटना आज बिहान १० बजे भएको हो। ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्