बंगलादेशको ढाकामा भीषण आगलागी
मंगलबार बिहान लागेको आगो निभाउन ४७ वटा दमकल प्रयोग भइरहेको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको बताइएको छ।
काठमाडौं, चैत २० : बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा भीषण आगलागी भएको छ।
मंगलबार बिहान लागेको आगो निभाउन ४७ वटा दमकल प्रयोग भइरहेको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको बताइएको छ।
इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ।

फायर सर्भिस तथा सिभिल डिफेन्स कन्ट्रोलका रुमका ड्युटी अफिसर रफी अल फारुकले मंगलबार बिहान ६ः१० बजे बंगबजार मार्केटमा आगलागी सुरु भएको हो। आगलागी कसरी भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।
बंगबजार बिभिन्न खालका कपडा पाइने बजारको रुपमा परिचित छ।
प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार