रविको मुद्दा अनिलकुमार सिन्हाको एकल इजलासमा
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्ययायाधिश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ।
काठमाडौं, चैत २१ : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्ययायाधिश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ।
लामिछानको यो मुद्दा नवौं नम्बरमा छ।
अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको थियो। सोही रिटमा आज सुनुवाइ हुन लागेको हो।
अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ।
प्रकाशित मिति: ११:३० बजे, मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











