Kathmandu Press

परिवर्तन भयो ट्विटरको लोगो

ट्विटरको लोगोको रुपमा डोजकोइनको आइकन आएसँगै डोजकोइनको सेयर भ्यालु २० प्रतिशतले बढेको बताइएको छ।
परिवर्तन भयो ट्विटरको लोगो

काठमाडौं, चैत २१ : सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन भएको छ। यसअघि लोगोको रुपमा रहेको ‘निलो चरा’को स्थानमा अब डोजकोइन क्रिप्टोकरेन्सीमा प्रयोग हुने आइकन डोज (कुकर)लाई ट्विटरको लोगो बनाइएको छ।

लोगो परिवर्तन भएको केही समयपछि ट्विटरका सीईओ इलन मस्कले ट्विटरमा रहेको निलो चरो अब पुरानो भइसकेको भन्ने सन्देश दिनेखालको मिम पोस्ट गरेका थिए।

ट्विटरको लोगोको रुपमा डोजकोइनको आइकन आएसँगै डोजकोइनको सेयर भ्यालु २० प्रतिशतले बढेको बताइएको छ।

मिमको रुपमा पनि प्रयोग हुँदै उक्त आइकन अब ट्विटरको लोगो बनेको छ। परिवर्तन भएको ट्विटरको लोगो ‘डोज’ सन् २०१३ मा बिटकोइनलगायत क्रिप्टोकरेन्सीलाई जिस्काउनका लागि निर्माण गरिएको थियो।

मस्कले लोगो परिवर्तनको कारणबारे भने खुलाएका छैनन्।

प्रकाशित मिति: ११:०० बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्