पहाडी क्षेत्रमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखको अनुसार राति भने पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
काठमाडौं, चैत २१ : आंशिकदेखि सामान्य बदली भइ आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखको अनुसार राति भने पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
अहिले बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा छ।
भोलि (बुधबार) देशका पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ। बिहीबार पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।