Kathmandu Press

उपनिर्वाचन : उम्मेदवारमाथि आज उजुरी दिन सकिने

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । 
उपनिर्वाचन : उम्मेदवारमाथि आज उजुरी दिन सकिने

काठमाडौं, चैत २१ : निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । 

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । 

चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति चित्त नबुझेमा उजुरी दिन सकिने र  उजुरीउपर चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । 
 
प्रकाशित मिति: ०७:२९ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्