Kathmandu Press

घट्याे पेट्राेलिय पदार्थकाे मूल्य, डिजेल, मट्टितेल र हवाई इन्धन १० रूपैयाँ कटाैती

निगमले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्यमा १०/१० रूपैयाँ र पेट्राेलमा ३ रूपैयाँ कटाैती गरेकाे हाे। 
घट्याे पेट्राेलिय पदार्थकाे मूल्य, डिजेल, मट्टितेल र हवाई इन्धन १० रूपैयाँ कटाैती

काठमाडाैं, चैत २० : नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा भारी कटाैती गरेकाे छ। निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा १०/१० रूपैयाँ र पेट्राेलमा ३ रूपैयाँ कटाैती गरेकाे हाे। 

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१०  रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने र खाना पकाउने ग्यासकाे मूल्य भने यथावत रहेकाे निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

बैठककाे निर्णयसँगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै याथावत राखिएको छ । 

प्रकाशित मिति: १९:५७ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्