‘सीमा क्षत्रेका अवैध गतिविधि रोक्न निर्मम हुन्छु’
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा श्रेष्ठले सीमा क्षेत्रमा देखिएको अवैध गतिविधि रोक्नका सरकार निर्मम ढंगले अघि बढ्ने र कुनै दवाव बिना काम गर्न निर्देशन दिए।
काठमाडौैं, चैत २० : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न निर्मम ढंगले अघि बढ्ने बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा श्रेष्ठले सीमा क्षेत्रमा देखिएको अवैध गतिविधि रोक्नका सरकार निर्मम ढंगले अघि बढ्ने र कुनै दवाव बिना काम गर्न निर्देशन दिए।
अवैध गतिविधि रोक्न सबैले आफ्नो ठाउँबाट योगदान गर्न जरुरी रहेको बताउँदै उनले गृह मन्त्रालयको सबै संयन्त्र परिचालन गरिने बताए।
सो छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले कर छली हुन थालेको र राजस्वको दायरा घट्दै गएको पाइएकाले यसमा मन्त्रालय गम्भीर भएर अघि बढ्ने बताए। उनले कर आतंक गर्ने योजना नरहेको भन्दै कर छली गरेको पाइए कुनै कम्प्रमाइज नगर्ने स्पष्ट पारे।
बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक लगाएत सहभागी थिए।











