Kathmandu Press

मिटरव्याजी समस्या समाधानका लागि सरकारले बनायो छानविन समिति

पूर्वन्यायधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएकाे समितिमा पूर्वएआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य छन्।
मिटरव्याजी समस्या समाधानका लागि सरकारले बनायो छानविन समिति

काठमाडौं, चैत २० : मिटरव्याजी समस्याका विषयमा छानविन गर्न सरकारले समिति गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरव्याजी समस्याका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।

सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनका अनुसार समितिमा पूर्वएआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल छन्।

समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस र मूर्त रुपमा मिटरव्याजीको समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको प्रवक्ता शर्माले बताइन्। समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय भएको उनले बताइन् ।

त्यस्तै बैठकले गृहमन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १८:५६ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्