Kathmandu Press

अहिलेको टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन : पूर्वराजा

‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ ।’
अहिलेको टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन : पूर्वराजा

सुनसरी, चैत २० : पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको टालटुले प्रणालीले देश विकासमा ठोस परिणाम नदिने बताएका छन्। सोमबार सुनसरीको इनरुवामा अयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा उनले राज्यमा शान्ति र अनुशासन चाहिने बताए।

उनले भने, ‘परिवर्तन देखाउन गरिएको अहिलेको कोरा र सतही फेरबदल र टालटुलको प्रणालीले कुनै ठोस परिणाम दिन सक्दैन।’

उनले लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको पनि बताए । ‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ’, उनले भने ।

नेपालको राष्ट्रियता र एकता रक्षा गर्न आवश्यक रहेको बताउँदै पूर्वराजाले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट देशको चौतर्फी विकासको बाटोमा लाग्नु पर्ने बताए ।  नले भने आफ्नो भूभागका जनता नै हाम्रा विधाता र यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहं धर्म पनि उल्लेख गरे।

पूर्वराजा शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा नअल्झिइ हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई अगाडि बढाउन सक्नुपर्ने बताए।

प्रकाशित मिति: १८:४७ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्