थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको ३ सय ४५ पिसिआर परिक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टिजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं, चैत २० : नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ सय ४५ पिसिआर परिक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टिजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण गत २४ घण्टामा १६ जना निको भएका छन्। हाल पिसिआर परिक्षणका संक्रमण पुष्टि भएका २ सय २७ संक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४३ बजे, सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार