Kathmandu Press

मिटरब्याजीबाट पीडित भएको भन्दै काठमाडौं आएको टोलीकाे भद्रकालीमा धर्ना

एकथरी मिटरब्याजपीडित सरकारसँग सम्झौता गरेर फर्केलगत्तै काठमाडौं आइपुगेको मिटरब्याजपीडितकै अर्को टोलीले किसान-मजदुर संघर्ष समितिको ब्यानरका साथ प्रदर्शन गरी काठमाडौंको भद्रकालीमा धर्नासमेत दिएकाे हाे।
मिटरब्याजीबाट पीडित भएको भन्दै काठमाडौं आएको टोलीकाे भद्रकालीमा धर्ना

काठमाडौं, चैत २० : मिटरब्याजीबाट पीडित भएको भन्दै काठमाडौं आएको टोलीले भद्रकालीमा धर्ना समेत दिएकाे छ।

एकथरी मिटरब्याजपीडित सरकारसँग सम्झौता गरेर फर्केलगत्तै काठमाडौं आइपुगेको मिटरब्याजपीडितकै अर्को टोलीले किसान-मजदुर संघर्ष समितिको ब्यानरका साथ प्रदर्शन गरी काठमाडौंको भद्रकालीमा धर्नासमेत दिएकाे हाे।

देशका विभिन्न स्थानबाट काठमाडौं आएका उनीहरुले मिटरब्याज तथा ठगीविरुद्ध हलोसहित प्रदर्शनमा सहभागी भएका उनीहरुले फर्जी तमसुक खारेज गर, किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर, सबै सुदखोरको सम्पती छानबिन गर लगायतका नारा उल्लेख भएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरुले आफ्ना माग पूरा नभएसम्म काठमाडौंको शान्तिवाटिकामा बसेर सरकारको ध्यानाकर्षण गराउने जनाएका छन्। यसअघि मिटरब्याजी पीडितहरुको एक टोली बर्दिबासबाट ११ िदन पैदल हिँडेर काठमाडौ आएका थिए।

सरकारसँग सहमति भएपछि उनीहरु आइतबार फर्किएका थिए। 

meterbyaj pidit_Momentाभदत्र1680518484.jpg

meterbyaj pidit_Moment बभचदत्र1680518482.jpg

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्