Kathmandu Press

चितवनमा जीतनारायणको पक्षमा खुले कोइराला  

उनले वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारका लागि भोट माग्न थालेका छन्।
चितवनमा जीतनारायणको पक्षमा खुले कोइराला  

काठमाडौं, चैत २० : नेपाली कांग्रेसले कारबाही फिर्ता गरेपछि चितवनका पूर्व सभापति दिनेश कोइराला चितवन २ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको पक्षमा खुलेका छन्।

उनले वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारका लागि भोट माग्न थालेका छन्। कोइरालाले जीतनारायणसँगै तनहुँका काँग्रेस उम्मेदवार गोविन्द भट्टराईको पक्षमा पनि भोट मागेका छन्।

गत मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि कोइरालाले चितवन ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

पार्टीको निर्देशन विपरीत कार्य गरेको बताउँदै कोइलालाई केन्द्रीय अनुशासन समितिले निष्कासनको कारबाही गरेको थियो। अहिले भने फेसबुकमा स्टाटस नै लेखेर श्रेष्ठ र भट्टराईलाई जिताउन अपिल गरेका छन्। 
 

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्