Kathmandu Press

बारा २ मा एमालेका पुरुषोत्तम पौडेलद्वारा उम्मेदवारी दर्ता

पूर्व युवा तथा खेलकुदमन्त्रीसमेत रहेका उनी एमालेका नेता, कार्यकर्ता र समर्थकसहित कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्।
बारा २ मा एमालेका पुरुषोत्तम पौडेलद्वारा उम्मेदवारी दर्ता

बारा, चैत २० : आगामी वैशाख १० गते हुने प्रतिनिधिससभा सदस्य उपनिर्वाचनका लागि बारा २ मा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मनोनयन दर्ता गराएका छन्।

पूर्व युवा तथा खेलकुदमन्त्रीसमेत रहेका उनी एमालेका नेता, कार्यकर्ता र समर्थकसहित कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्। उनको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा वन्दना सिंह छन्।

मनोनयन दर्ताका लागि जानुअघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पौडेलले आफूले चुनाव जित्ने दाबी गरे। बारा २ मा २०४८ सालमा, २०५६ सालमा एमालेले जितेको क्षेत्र भएकाले फेरि पनि एमालेले नै जित्ने दाबी गरेका हुन्।

एमालेलाई राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न जनताले उपनिर्वाचनमा मतदान गर्ने बताउँदै उनले भने,  ‘जनता एमालेलाई राष्ट्रिय शक्ति बनेको देख्न चाहन्छन्। उपनिर्वाचन भनेको भविष्यको रेखा हो।’

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्