Kathmandu Press

तनहुँ १ मा रास्वपाका तर्फबाट स्वर्णिम वाग्लेकाे मनोनयन दर्ता

उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन्। केही दिनअघि मात्र कांग्रेसबाट अलग भएका वाग्ले रास्वपाबाट उम्मेदवार बनेका हुन्।  
तनहुँ १ मा रास्वपाका तर्फबाट स्वर्णिम वाग्लेकाे मनोनयन दर्ता

तनहुँ, चैत २० : आगामी वैशाख १० गते हुने प्रतिनिधिससभा सदस्य उपनिर्वाचनका लागि तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन्।

उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन्। केही दिनअघि मात्र कांग्रेसबाट अलग भएका वाग्ले रास्वपाबाट उम्मेदवार बनेका हुन्।  

बिहान चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर वाग्लेको मननयनका बेला रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ आइपुगे।

निर्वाचन आयोगले आज ५ बजेसम्मका लागि मनोनयनको समय तोकेको छ। तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन्।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा भएको चुनाव जितेका नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेकाले उक्त क्षेत्र ििरक्त हुँदा उपनिर्वाचन गर्न लागिएइको हो।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्