चितवनवासीको सुखदुःखमा सँगसँगै छु, सँगै रहनेछु : जितनारायण श्रेष्ठ

काठमाडौं, चैत २० : उमेदवारी दर्तापछि चितवन-२ मा सत्ता गठबन्धनका तर्फबाट चुनावी सभा गरिएको छ।
सभालाई सम्बोधन गर्दै श्रेष्ठले चितवन-२ का मतदाताले स्थानीय उमेदवार र सुखदुःखको साथी आफूलाई निर्वाचित गराउन संकल्प गरिसकेको विश्वास व्यक्त गरे।
श्रेष्ठले आफूले गरेको काम सबैलाई थाहा भएको भन्दै चितवनवासीको सेवाका लागि सांसद बन्न प्रतिस्पर्धामा उत्रिएको पनि बताए।
‘व्यावसायिक घरानामा हुर्किएको मान्छे हुँ, व्यवसायी बन्न सक्थें। मैले मास्टर डिग्री गरेको छु, पढाएर खान सक्थें। तर, बुवाको सुझाव र आफ्नो इच्छाले समाजसेवाका लागि राजनीतिमा छु। चितवनवासीको सुखदुःखमा सँगसँगै छु, रहनेछु’, श्रेष्ठले भने।
उनले आफुले चितवनका घरघर चिनेको पनि बताए । ‘कुन बाटोमा कसको घर पर्छ, कुन वडाको सिमाना कहाँ पर्छ, मलाई थाहा छ । यहाँ नारायणीको डुबान होस् वा भूकम्पको विपत्, म चितवनवासीका साथमा छु । म चुनाव जितौँ वा हारौँ, चितवनवासीको सेवामा निरन्तर रहनेछु,’ श्रेष्ठले भने ।











