Kathmandu Press

नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी

दाङ १ बाट निर्वाचित सांसद चौधरी पूर्वमन्त्रीसमेत हुन्।
नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी

काठमाडौं, चैत २० : नेकपा एकीकृत समाजवादी (नेकपा एस) को प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन्।

आज (सोमबार) नेकपा एसका अध्यक्ष एवं संसदीय दलका  नेता माधवकुमार नेपालले सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्। 

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।

सोमबार बसेको संसदीय दलको बैठकको सुझाव समेतका आधारमा उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको नेकपा एसका सांसद भानुभक्त जोशीले बताए।

दाङ १ बाट निर्वाचित सांसद चौधरी पूर्वमन्त्रीसमेत हुन्।

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्