Kathmandu Press

तनहुँ १ कसैको प्रयोग स्थल होइन : गगन थापा

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त भनाइ राखेका हुन्।
तनहुँ १ कसैको प्रयोग स्थल होइन : गगन थापा

तनहुँ, चैत २० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताउँदै राष्ट्रपतिका उत्तराधिकार गोविन्द भट्टराई रहेको भनाइ राखेका छन्।

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त भनाइ राखेका हुन्। ‘तनहुँवासीले गत आम चुनावमा पाँच वर्ष जिम्मेवारी सुम्पिनु भएको काँग्रेसका नेता अहिले राष्ट्रपति बन्नु भएको छ। यो ठाउँ कसैका लागि प्रयोग गर्ने ठाउँ होइन,’ थापाले भने। 

महामन्त्री थापाको भनाई कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार भनेको स्वर्णिम वाग्लेप्रति लक्षित थियो। थापाले भने, ‘राष्ट्रपतिको उत्तराधिकार गोविन्द भट्टराई हुनुहुन्छ। विशेष परिस्थितिले भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जित्नुको विकल्प छैन।’

महामन्त्री थापाले भट्टराईबाट शालीनता सिक्नुपर्ने पनि बताए। ‘उहाँ यो बाटोले चिनेको मान्छे हो। तनहुँवासीले संसदमा अब शंकर भण्डारीसँग गोविन्द भट्टराईलाई पनि देख्ने छ,’ उनले भने। 

यस्तै थापाले मन्तव्यकाक्रममा माओवादी र एकीकृत समाजवादी लगायतका नेता कार्यकर्तालाई पनि भट्टराईले न्याय गर्ने बताएका छन्।

‘गोविन्द भट्टराई, हराउने कराउने, डराउने र कराउने मात्र सांसद बन्नु हुन्न। गोविन्द भट्टराईलाई जिताएर गलत गरेछु भन्ने हुँदैन,’ थापाले भने। मनोनयन दर्ताअघि तनहुँमा कांग्रेसले सभा गरेको थियो।

थापाले भट्टराई गठबन्धनका साझा उम्मेदवार रहेको समेत बताए।
 

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्