मिटरब्याजको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्ने व्यक्ति सुरेन्द्र मधेसी हुन्। सप्तरीको राजविराजबाट पक्राउ परेका उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य रहेको जनाइएको छ।
काठमाडाैं, चैत २० : मिटरब्याजको आरोपमा आज (सोमबार) बिहान सप्तरीबाट एकजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्ने व्यक्ति सुरेन्द्र मधेसी हुन्। सप्तरीको राजविराजबाट पक्राउ परेका उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य रहेको जनाइएको छ।
पार्टीका संस्थापक नै रहेका मधेसी डेरी व्यवसायी पनि रहेको बताइउएको छ। उनीमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलिरहेको प्रहरीको भनाइ छ।
मिटरब्याज पीडितहरूले संघर्ष समिति नै बनाएर सरकारसँग पाँचबुँदे सम्झौता गरेको दुई दिनपछि सप्तरीबाट मधेशी पक्राउ परेका हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत शनिबार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजगत्वमा मिटरब्याज पीडितहरूले ५ बुँदे सहमति गरेका थिए।
प्रकाशित मिति: १४:५० बजे, सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार