बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवले गरे उम्मेदवारी दर्ता
समर्थकहरुसहित कलैयास्थित जिल्ला समन्वय समिति (जिसस) को कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
बारा, चैत २० : आगामी वैशाख १० गते हुने प्रतिनिधिससभा सदस्य उपनिर्वाचनका लागि बारा २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन्।
समर्थकहरुसहित कलैयास्थित जिल्ला समन्वय समिति (जिसस) को कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादव बारा २ मा जितेर संसद प्रवेशको ढोका खोल्ने ध्याउन्नमा छन्।
यो क्षेत्रमा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेल उम्मेदवारी दिने तयारीमा छन्।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज (सोमबार) ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ।
प्रकाशित मिति: १४:३२ बजे, सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार