Kathmandu Press

तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईले गरे उम्मेदवारी दर्ता

उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन्। निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज (सोमबार) ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ।
तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईले गरे उम्मेदवारी दर्ता

तनहुँ, चैत २० : आगामी वैशाख १० गते हुने प्रतिनिधिससभा सदस्य उपनिर्वाचनका लागि तनहुँ १ मा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेका छन्।

उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन्। निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज (सोमबार) ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ।

मनोनयन दर्ता गराउँदा भट्टराईले माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि सहभागी भए।

सो क्षेत्रमा एमालेबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराइसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्वर्णिम वाग्ले पनि उम्मेदवारी दर्ताको तयारीमा छन्।

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्