तनहुँ १ मा एमालेबाट सर्वेन्द्र खनालद्वारा उम्मेदवारी दर्ता
उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्। निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज (सोमबार) ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ।
तनहुँ, चैत २० : आगामी वैशाख १० गते हुने प्रतिनिधिससभा सदस्य उपनिर्वाचनका लागि तनहुँ १ मा नेकपा एमालेबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन्।
उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्। निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज (सोमबार) ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्वर्णिम वाग्ले पनि उम्मेदवारी दर्ताको तयारीमा छन्।
प्रकाशित मिति: १४:१४ बजे, सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार