उम्मेदवारी रोक्न रवि लामिछानेविरुद्ध अर्को रिट
लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। आइतवार पेश भएको उक्त रिट मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले अध्ययन गरेपछि दर्ता भएको हो। रिटमा मंगलबार सुनुवाईका लागि पेशी तय भएको छ।
काठमाडौं, चैत २० : अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सोमवार अर्को रिट निवेदन दायर भएको छ।
लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। आइतवार पेश भएको उक्त रिट मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले अध्ययन गरेपछि दर्ता भएको हो। रिटमा मंगलबार सुनुवाईका लागि पेशी तय भएको छ।
अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी समेत लिएको दाबीसहित विषयमा लामिछानेमाथि राहदानी ऐन अनुरुप छानबिन गरी मुद्दा दायर गर्न रिटमा माग छ।
लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कसुर गरेको जिकिर रिटमा लिइएको छ। महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले दुराग्रह राखेर लामिछाने उपर मुद्दा नचलाउने निर्णय गरेको भन्दै त्यस्लाई बदर गरी मुद्दा चलाउन परमादेशको माग छ।
लामिछानेले कुन प्रयोजनका लागि राहदानी दुरुपयोग गरेका थिए भन्ने विवरण समेत अध्यागमन विभागबाट झिकाउन माग समेत छ।
‘सर्वोच्चमा छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिपाउँ,’ पौडलले रिटमा भनेका छन्।











