Kathmandu Press

मिटरब्याजीकाे अर्काे टाेली काठमाडाैंमा

मिटरब्याजपीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज हुनुपर्ने, मिटरब्याजीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउनुपर्नेलगायत विभिन्न माग लिएर आफूहरू काठमाडौं आएको उनीहरूले बताएका छन्।
मिटरब्याजीकाे अर्काे टाेली काठमाडाैंमा

काठमाडौं, चैत २० : एकथरी मिटरब्याजपीडित सरकारसँग सम्झौता गरेर फर्केलगत्तै मिटरब्याजपीडितकै अर्को टोली काठमाडौं आइपुगेको छ।

मिटरब्याजपीडितहरुको एउटा समितिसँग सरकारले पाँचबुँदे सहमति गरेको दुई दिनपछि मिटरब्याजपीडितको अर्को टोली काठमाडौं आएको हो ।

मिटरब्याजपीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज हुनुपर्ने, मिटरब्याजीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउनुपर्नेलगायत विभिन्न माग लिएर आफूहरू काठमाडौं आएको उनीहरूले बताएका छन्। उनीहरूले यसअघिको संघर्ष समितिसँग सरकारले सहमति गरे पनि विश्वस्त हुन नसकेको भन्दै आफूहरू प्रदर्शनका लागि काठमाडौं आएको उनीहरूको भनाइ छ।

यो टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याजपीडितको प्रतिनिधि उपस्थिति रहेको उनीहरुको दाबी छ। ललितपुर सानेपाको सहिद पार्कमा भेला भएका उनीहरुले आज हिँडेर माइतीघर पुगी प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्।

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्