बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते
प्रहरीका अनुसार १२ जना सवार जिप सडकबाट ७० मिटर तल खसेको प्रहरीले छ।
बैतडी, चैत २० : बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से१ज २९५ नम्बरको जिप आज (सोमबार) बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका–५ तिलकपुर भिटा भन्ने ठाउँमा दुर्घटना हुँदा पञ्चेश्वर–५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइतेहरुको भने परिचय खुलेको छैन।
प्रहरीका अनुसार १२ जना सवार जिप सडकबाट ७० मिटर तल खसेको प्रहरीले छ। जिप ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ। घाइतेहरुको उद्धार गरी अस्पताल लाने कार्य भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १३:२० बजे, सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)