यसरी सकियो सेतो मछिन्द्रनाथको जात्रा [फाेटाे फिचर]
पाँचौ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मछिन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरेपछि यो वर्षको सेतो मछिन्द्रनाथको जात्रा सकिएको छ।![यसरी सकियो सेतो मछिन्द्रनाथको जात्रा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/IMG_67231680504287.jpg)
काठमाडाैं, चैत २० : सेतो मछिन्द्रनाथको रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको सेतो मछिन्द्रनाथ जात्रा सकिएको छ।
लगनटोलबाट फर्काइएको रथबाट मूर्तिलाई अइतबार मन्दिरमा राखिएको थियो । झरीकाे पर्वाह नगरी स्थानीय सेतो मछिन्द्रनाथको जात्राकाे समापनमा सहभागी भएका थिए
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमिदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ। पहिलो दिन रथलाई असनसम्म लगिएको थियो भने दोस्रो दिन हनुमानढोका पु¥याइएको रथ जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ लगनटोल पु¥याइएको थियो।
जात्राको चौथो दिन लगनमा सेतो मछिन्द्रनाथको आमाको मन्दिरमा रथ तीन पटक घुमाइएको थियो। सोही दिन भव्य जात्रासहित सेतो मछिन्द्रनाथलाई जनबहालमा फर्काई रथबाट मूर्ति मन्दिरमा सारिएको थियो।

शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चलेको थियो । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मछिन्द्रबहालमा ल्याएर चौथो दिन अन्त्य गरियो ।
पाँचौ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मछिन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरेपछि यो वर्षको सेतो मछिन्द्रनाथको जात्रा सकिएको छ।






























![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)