Kathmandu Press

‘सरकारी सञ्चार माध्यमलाई भजनमण्डली बन्नु हुँदैन’

रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारीसँगै कुनै पनि सञ्चार माध्यम भजनमण्डली बन्नु नहुने बताइन्।
‘सरकारी सञ्चार माध्यमलाई भजनमण्डली बन्नु हुँदैन’

काठमाडाैं, चैत २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छिन्।

रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारीसँगै कुनै पनि सञ्चार माध्यम भजनमण्डली बन्नु नहुने बताइन्।

उनले सञ्चार माध्यम सरकारले पनि सञ्चालन गरेको बताउँदै तिनीहरुलाई भजनमण्डली हुन नदिन अहिले प्रसारण ऐन बन्ने क्रममा रहेको बताइनृ । उनले ऐन बनेपछि रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा नयाँ वातावरण सिर्जना गनर््े बताइन्।

मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू सञ्चार माध्यमहरुले प्रसारण एवं प्रकाशन गर्नुपर्ने पनि उल्लेख गरिन्।

प्रकाशित मिति: ११:४५ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्