रवि लामिछानेले दर्ता गराए उम्मेदवारी
रविले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेको बताइएको छ।
काठमाडाैं, चैत २० : वैशाख १० गते हुने उपविर्नाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उम्मेदवारी दर्ता गएका छन्।
चितवन २ बाट उपनिर्वाचनमा उम्मेदवार बनेका छामिछानेले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गाएका हुन्।
उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए।
नागरिकता मुद्दामा सर्वोच्च अदालतले रविको प्रतिनिधिसभा सदस्य खारेज गरेपछि चिवतन २ मा उपनिर्वाचन हुन लागेको हो।
चितवन २मा कांग्रेसका तर्फबाट जितनरायण श्रेष्ठ र एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ भने राप्रपाबाट जीवलाल पुरी उम्मेदवार बन्ने छन्। उनीहरुले भने उम्मेदवारी दर्ता गराएका छैनन्।
रविले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेको बताइएको छ।
कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।











