Kathmandu Press

राष्ट्रपति पाैडेललाई भेट्न अस्पताल पुगे उपराष्ट्रपति यादव

राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज बिहान शिक्षण अस्पताल पुगेका थिए। उनले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
राष्ट्रपति पाैडेललाई भेट्न अस्पताल पुगे उपराष्ट्रपति यादव

काठमाडौं, चैत २० : उपराष्ट्रपति रामसहायप्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।

राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज बिहान शिक्षण अस्पताल पुगेका थिए। उनले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना हुुनुभएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ। अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ।

यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रकाशित मिति: १०:२८ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्