चितवनमा ग्यास ट्याङ्कर पल्टियो, एक जनाको घटनास्थलमै मृत्यु
मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर बिहान ६ बजेतिर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको छ।
चितवन, चैत २० : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोके भारतीय ट्याङ्कर पल्टिएको छ।
मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर बिहान ६ बजेतिर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको छ।
ट्याङ्करमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय रामवतन ताती र अर्का एकजना नाम नखुेलका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ। अर्का एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १०:२३ बजे, सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार