Kathmandu Press

उपनिर्वाचन लागि आज मनोनयन दर्ता 

निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि उक्त चुनावलक्षित १० बुँदे निर्देशन जारी गरेको छ । उपनिर्वाचनको उमेदवारी मनोनयनको पूर्वसन्ध्यामा आइतबार आयोगले दलहरूलाई निर्देशन दिएको हो ।
उपनिर्वाचन लागि आज मनोनयन दर्ता 

काठमाडौं, चैत २० : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपचुनाव हुँदै छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि उक्त चुनावलक्षित १० बुँदे निर्देशन जारी गरेको छ । उपनिर्वाचनको उमेदवारी मनोनयनको पूर्वसन्ध्यामा आइतबार आयोगले दलहरूलाई निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गर्न सकिने जानकारी दिएका छन् ।

उनका अनुसार उमेदवारी मनोनयन गर्न जाँदा दलहरूले उमेदवार, समर्थक प्रस्तावकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान पाउने छैनन् ।

त्यसैगरी, मनोनयनपत्र पेस गर्न जाँदा बाजागाजासहित जान नपाउने विज्ञप्तिमा उल्लेख छ । उमेदवारको पहिचान, लोगो, टिसर्ट, ज्याकेट पनि लगाउन पाइने छैन ।

प्रकाशित मिति: ०६:५२ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्