Kathmandu Press

वर्तमान सरकारसँग देश बनाउने भिजन र नियत छैन : अध्यक्ष ओली

वर्तमान सरकारसँग देश बनाउने भिजन र नियत छैन : अध्यक्ष ओली

काठमाडाैं, चैत १९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारसँग देश बनाउने भिजन र नियत नभएको बताएका छन।

आइतबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले विभिन्न दलहरु मिलेर बनेको सरकारसँग कुनै नीति र योजना नरहेको भन्दै देश बनाउने उदेश्य नरहेको बताएका हुन।

उनले अहिले मन्त्रीलाई मात्र नभई प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने धारणा राखे । अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई विभिन्न शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताए । अहिलेको अवस्थामा देश बनाउने अभिभारा एमालेको काँधमा रहेको भन्दै आगामी निर्वाचनको तयारी अहिले देखिनै गर्नुपर्ने उनले बताए । ओलीले स्वार्थका आधारमा चल्नेहरु र इमान नभएकाहरुसँग कुनैपनि अवस्थामा एकता र गठजोर हुन नसक्ने जिकिर गरे । दुई बर्ष अघि नै पार्टी कव्जा गरेर एमालेलाई सिद्धाउने खेल रचे पनि पार्टीलाई पुनर्गठन गरेर अहिले एमाले प्रमुख पार्टी बन्न सफल भएको ओलीले बताए।

ओलीले एमालेले हालैको निर्वाचनमा हाँसिल गरेको सफलता अझैपनि चिक्तबुझ्दो नभएको भन्दै राष्ट्रिय शक्ति निर्माणको लागि पार्टीले मिसन ग्रासरुट चलाएको पनि बताए। 

प्रकाशित मिति: १८:४५ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्