Kathmandu Press

‘विराटनगरका कवि र कविता’ सार्वजनिक

‘विराटनगरका कवि र कविता’ सार्वजनिक

विराटनगर, चैत १८ : साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित ‘विराटनगरका कवि र कविता’ कृतिको लोकार्पण गरिएको छ। साहित्यकार पोखरेलद्वारा सम्पादित कृतिमा १९५३ सालदेखि २०४९ सम्म जन्मिएका विराटनगरका एक सय ८३ कविका कविता समावेश गरिएका छन्।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार कविराज न्यौपानेले उक्त कृतिले विराटनगरको साहित्यिक इतिहासलाई अझ उजेल्न सघाउ पुर्‍याउने बताए। पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलका अनुसार प्रतिष्ठानले प्रकाशन गरेको यो १००औँ कृति हो। कृति विराटनगरको साहित्य अध्ययन गर्नेका लागि दस्तावेज भएको उनले बताए। 

Hardik ivf

साहित्यकार एवम समालोचक दधिराज सुवेदीले कृति विराटनगरको साहित्यिक इतिहासमा महत्वपूर्ण अभिलेखको रुपमा रहेको उल्लेख गरे। पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले विराटनगरमा सम्पूर्ण जीवन समर्पण गर्नेदेखि जीवनको केही कालखण्ड यहाँ व्यतित गरेका स्रष्टाको कविता कृतिभित्र समेटिएका उल्लेख गरे।  कृतिका संयोजक एवं सम्पादक पोखरेलले अग्रज स्रष्टाका साथै परिवारको साथले कृति तयार पार्न सकेको बताए।

सो समारोहमा कवि सीमा आभास, राधिका गुरागाईं, सविता गौतम दाहाल, भरत गुरागाईं, प्रिन्स प्रमोद ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, रोहिणी रसिक, ओम आचार्य, स्वयम्भुनाथ कार्की, गोपाल निर्भिक, राधा भट्टराई, भीम कोइराला, लोचन रिजाल, शोभा लामा, स्वीकृति रेग्मी मुनालगायतले सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए।

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्