Kathmandu Press

रविविरूद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वाेच्चमा रिट निवेदन पेस

नागरिकता विवाद मुद्दामा माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। उनको नागरिकतासम्बन्धी मुद्दा भने टुंगो लागिसकेको छ।
रविविरूद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वाेच्चमा रिट निवेदन पेस

काठमाडौं, चैत १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दामा अनुसन्धानको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।

यसअघि नागरिकताबारे लामिछानेविरुद्ध रिट निवेदन दिएका युवराज सफलले सर्वोच्च अदालतमा आज (बिहीबार) राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट निवेदन पेस गरेका हुन्।

प्रहरी र महान्यायाधिवक्ता कार्यालयलको यही निर्णय उल्ट्याएर राहदानी दुरुपयोग कसुरमा लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने माग रिटमा गरिएको जनाइएको छ।

सर्वोच्च प्रशासनले रिट निवेदन अध्ययन गरिरहेको बताइएको छ। सर्वोच्च स्रोतका अनुसार रिट निवेदन दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको बताएको छ। प्रहरीले फागुन ३० र महान्याधिवक्ताको कार्यालयले चैत ६ गते राहदानी दुरुपयोग कसुरमा लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। 

प्रहरीले छानबिनपश्चात् लामिछानेले राहदानी लिएको भए पनि त्यसको प्रयोग नगरेको भन्ने मुख्य आधार लिँदै मुद्दा दायर गर्नुनपर्ने राय दिएपछि त्यसलाई नै महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो।

नागरिकता विवाद मुद्दामा माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। उनको नागरिकतासम्बन्धी मुद्दा भने टुंगो लागिसकेको छ।

यो रिट दर्ता भएको अवस्थामा चितवन २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका लामिछानेलाई अप्ठेरो पनि पर्न सक्नेछ।

प्रकाशित मिति: १६:४५ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्