वैशाख १८ देखि तातोपानी र हिल्सा नाका खुलाउने सहमति
नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकले रसुवागढी, तातोपानी र हिल्सा नाका खुलाउने निर्णय गरेको थियो।
काठमाडौं, चैत १९ : शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा खुलाएको चीनले आउने वैशाख १८ देखि तातोपानी र हिल्सा नाका पनि खुलाउने भएको छ।
नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकले रसुवागढी, तातोपानी र हिल्सा नाका खुलाउने निर्णय गरेको थियो।
बैठक यही चैत १५ गते तिब्बतको ल्हासामा बसेको बैठकले तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति दुइृ देशबीच भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
नेपाल–चीन दोस्रो ठुलो व्यापारिक नाका तातोपानी वैशाख १८ गतेबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ।
चीनले त्यसबारे जानकारी दिँदै पत्र पनि पठाइसेको भन्सार कार्यालय तातोपानीले जनाएको छ।
प्रकाशित मिति: १६:१३ बजे, आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











