Kathmandu Press

कांग्रेसबाट तनहुँ १ मा गगन र चितवन २ मा विश्वप्रकाश ताेकिए ‘चुनावी कमान्डर’

कांग्रेसबाट तनहुँ १ मा गगन र चितवन २ मा विश्वप्रकाश ताेकिए ‘चुनावी कमान्डर’

काठमाडौं, चैत १९ : नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ र चितवन २ मा दुई महामन्त्रीलाई  'चुनावी कमान्डर' बनाएकाे छ।

केन्द्रीय कार्यालय सानेपामा आज (आइतबार) बसेको कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्मालाई  चुनावी कमान्डारका रूपमा खटाएको हो।

उनीहरु सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी जनाउने मात्र नभएर मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नेछन्। 

कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ। उपनिर्वाचन हुने अर्को क्षेत्र बारा(२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्