Kathmandu Press

रिसाेर्टमा पर्यटक मृत्यु घटना छानविन गर्न समिति गठन

काठमाडौं, माघ ८ : मकवानपुरको थाहा नगरपालिका–४ दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ पर्यटकको मृत्यु भएको घटना छनाविन गरिने भएको छ। छानविनका लाग....

रिसाेर्टमा पर्यटक मृत्यु घटना छानविन गर्न समिति गठन

काठमाडौं, माघ ८ : मकवानपुरको थाहा नगरपालिका–४ दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ पर्यटकको मृत्यु भएको घटना छनाविन गरिने भएको छ। छानविनका लागि पर्यटन विभागले छानविन समिति गठन गरेको छ।

मंगलबार एभरेस्ट पानोरमा रिसोर्टमा चार बालबालिकासहित आठ जना भारतीय पर्यटकको मृत्यु भएको थियो। उनीहरू निसास्सिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

पर्यटन विभागको होटल शाखाले बुधबार सूचना जारी गरि घटनाको छानविन गरिने जनाएको छ। यसका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।

विभागको होटल शाखाका निर्देशकको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र होटल संघ नेपालका एक/एक प्रतिनिधि र पर्यटक प्रहरीका प्रहरी निरीक्षक सदस्य रहने जनाएको छ। त्यस्तै, विभागको होटल शाखाका अधिकृत समितिका सदस्य सचिव रहने सूचनामा जनाइएको छ।

समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। छानविन समितिले स्थलगत अध्ययन गर्नेछ।

सोमबार दामन पुगेका १५ जना भारतीय पर्यटक एभरेस्ट पानोरमा रिसोर्टमा बसेका थिए। एउटा कोठामा आठ र अर्को कोठामा सात जना बसेका थिए। एउटा कोठामा बसेका चार बालबालिकासहित आठ जना मंगलबार बिहान अचेत भेटिएका थिए।

उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडाैं ल्याइएकाे थियाे। उनीहरुकाे उपचारका क्रममा ह्याम्स अस्पतालमा मृत्यु भएकाे हाे।

प्रकाशित मिति: ०२:३१ बजे, बुधबार, माघ ८, २०७६