Kathmandu Press

राप्रपाद्वारा उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन

राप्रपाको आज (आइतबार) बसेको संसदीय समितिको बैठकले तनहुँ १ मा शोभा गुरुङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ।
राप्रपाद्वारा उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन

काठमाडौं, चैत १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको छ।

राप्रपाको आज (आइतबार) बसेको संसदीय समितिको बैठकले तनहुँ १ मा शोभा गुरुङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ।

उपनिर्वाचनका लागि चैत २० गते सोमबार उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराउनुपर्नेछ।

प्रकाशित मिति: १४:४४ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्