Kathmandu Press

आइओसीबाट घटेर आयो इन्धनकाे मूल्य, निगमकाे नाफा बढ्ने

आइओसीबाट इन्धनको नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जानकारी दिएको हो।
आइओसीबाट घटेर आयो इन्धनकाे मूल्य, निगमकाे नाफा बढ्ने

काठमाडौं, चैत १९ : भारतीय आयल निगम (आइओसी) बाट डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको छ।

आइओसीबाट इन्धनको नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जानकारी दिएको हो। जसअनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर ८६ रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको हो।

उताबाट इन्धनको मूल्य घटेर आए पनि निगमले बजार उपभोक्ता मूल्य भने समायोजन गरिसकेको छैन।

गत १५ दिनमा ५८ करोडभन्दा बढी नाफा गरेको निगमलाई नयाँ मूल्यअनुसार निगमलाई १५ दिनमा एक अर्ब ५० करोडभन्दा बढी नाफा हुने आकलन छ। 

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्