Kathmandu Press

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोही पक्ष र राज्य पक्षका सबै पीडितलाई समान व्यवहार गरी शहीद घोषणा गरिएकामा उनीहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी धन्यवाद दिएका हुन्।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडाैं, चैत १९ :  सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी धन्यवाद दिएका छन्।

सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोही पक्ष र राज्य पक्षका सबै पीडितलाई समान व्यवहार गरी शहीद घोषणा गरिएकामा उनीहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी धन्यवाद दिएका हुन्।

भेटका क्रममा सहभागी व्यक्तिहरूले सत्यनिरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

देशको राजनीतिक र सामाजिक रूपान्तरणका लागि आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सदभाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गरिने प्रधानमन्त्री दाहालले बताएकाे उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्