राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख
अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'स्वास्थ्यमा असहज भइ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।'
काठमाडाैं, चैत १९ : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'स्वास्थ्यमा असहज भइ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।' उनी शनिबार अस्पतालमा भर्ना भएका थिए।
राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान अस्पताल पुगेका थिए।
साथै सांसद् सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताए।











